logo
२०८३ भाद्र २६, शुक्रबार |
📰
🔍

सूचना प्रविधिमा बढ्दो विदेशी लगानीकर्ताको आकर्षण, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र २६, शुक्रबार
सूचना प्रविधिमा बढ्दो विदेशी लगानीकर्ताको आकर्षण, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

काठमाडौँ / नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। उक्त अवधिमा विभिन्न १ हजार ११६ परियोजनाका लागि लगानी प्रतिबद्धता आएकामा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन्।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु. ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो।

राजनीतिक स्थायित्व, लगानीको सुरक्षा तथा सरल नीतिगत व्यवस्थाका कारण नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता बढ्दै गएको जनाइएको छ।