प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
पॅाचखाल-४, स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभाको समापन कार्यक्रम भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख स्रोत व्यक्तिका रूपमा जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष श्री अर्जुनप्रसाद सापकोटा ज्यु, विशेष अतिथिका रूपमा उच्च अदालत पाटनका नापि अधिकृत श्री रामेश्वर ढुंगाना ज्यु तथा अतिथिका रूपमा ग्रामीण महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रीमती इन्दिरा गौतम र प्रबन्धक श्री मनोजकुमार श्रेष्ठ, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष श्री ज्ञानबहादुर थापा र प्रबन्धक श्री सुमन बानियाँ, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारीका अध्यक्ष श्री केदार लुइटेल र प्रबन्धक श्री बुद्धिकृष्ण बोलखे, प्रगतिशील बहुउद्देश्यीय सहकारीका अध्यक्ष श्री केशवप्रसाद काफ्ले र प्रबन्धक श्री युवराज अर्याल तथा नवसंकेत अनलाइन खबरका प्रधान सम्पादक श्री ईश्वरीराजकुमार मैनाली ज्युको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा सदस्य श्री निराजनलाल श्रेष्ठ ज्युबाट स्वागत मन्तव्य राखिएको थियो भने उपस्थित सम्पूर्ण अतिथिज्युहरूबाट शुभकामना तथा आशीर्वचन मन्तव्य व्यक्त गरिएको थियो ।
संस्थाका सचिव श्री गणेश दनुवारज्यूले संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले आगामी आर्थिक वर्षमा संस्थालाई थप सबल, व्यवस्थित र सदस्यकेन्द्रित बनाउँदै लैजाने उद्देश्यसहित विभिन्न भावी योजना, नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी लेखा समितिबाट वार्षिक प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रमको तर्जुमा, कोषाध्यक्षबाट आगामी बजेट तथा आ.व. २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। संस्थाको समग्र गतिविधि, प्रगति, उपलब्धि तथा भावी योजनाहरूलाई डिजिटल प्रविधिमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष श्री सुनील सापकोटा ज्युले गर्नुभएको थियो भने सभाध्यक्षता संस्थाका अध्यक्ष श्री ओमकार श्रेष्ठ ज्युले गर्नुभएको थियो।
साधारण सभाको अवसरमा संस्थामा आ.ब ०८२/०८३ मा महत्वपूर्ण योगदान पुर्याउनुहुने विभिन्न विधाका ८ जना सदस्यज्युहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानले सदस्यहरूको योगदानको कदर गर्दै आगामी दिनमा अझ सक्रिय, जिम्मेवार र सहकारीप्रति समर्पित भएर अघि बढ्न प्रेरणा प्रदान गरेको छ।
समापन समारोहमा बोल्दै प्रमुख स्रोत व्यक्ति तथा उपस्थित अतिथिज्युहरूले संस्थाले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै सदस्यकेन्द्रित सेवा, पारदर्शिता, सुशासन, प्रविधिको प्रयोग र आर्थिक अनुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
१६औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न हुनु संस्थाको साझा उपलब्धि हो। सभालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी, सञ्चालक समिति, कर्मचारी, सदस्य, अतिथि, शुभचिन्तक तथा सम्पूर्ण स्वेच्छा साकोस परिवारप्रति हार्दिक आभार तथा धन्यवाद।
स्वेच्छा साकोस—सदस्यको विश्वास, संस्थाको आधार र समृद्धिको सहयात्रा।