logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

निस्ती खोलाले बगाएर बेपत्ता कल्पना पुनको शव फेला

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
निस्ती खोलाले बगाएर बेपत्ता कल्पना पुनको शव फेला

गुल्मी / गुल्मीको मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको निस्ती खोलाले बगाएर बेपत्ता भएको अवस्थामा शव फेला परेको छ।

गत आइतबार साँझ इश्मा गाउँपालिका–४ हुलास्थित माइतीघरमा तीज मनाउन जाने क्रममा खोला तर्दै गर्दा पुनलाई खोलाले बगाएको थियो। घटनालगत्तै प्रहरी टोलीले खोजी सुरु गरेको थियो।

खोजीका क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल फेला परेको थियो। आज घटनास्थलबाट करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल, तम्घास ल्याइएको छ।