logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

प्रभातफेरी अनलाइन३ पटक पढिएको | ११ मिनेट अघि
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहका प्रमुख तथा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन्। छलफलमा बाढीपछिको अवस्था, तत्काल चाल्नुपर्ने कदम, राहत, पुनःस्थापना तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।