logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

अब एटीएमबाटै १०० रुपैयाँको नोट निकाल्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको आग्रह

प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
अब एटीएमबाटै १०० रुपैयाँको नोट निकाल्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई अनुरोध गरेको छ।

हाल अधिकांश एटीएमबाट १ हजार र ५०० रुपैयाँका नोट मात्र वितरण हुँदै आएकोमा सर्वसाधारणको सुविधा र नजिकिँदो बडादशैंमा बैंकहरूमा हुने भीड कम गर्न १०० रुपैयाँका नोट पनि एटीएमबाट उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न प्राविधिक रूपमा सम्भव रहेको छ।