logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

मकवानपुरमा यात्रुवाहक ईभी १ हजार मिटर तल खस्यो, ४ जनाको मृत्यु, ४ घाइते

प्रभातफेरी अनलाइन६० पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
मकवानपुरमा यात्रुवाहक ईभी १ हजार मिटर तल खस्यो, ४ जनाको मृत्यु, ४ घाइते

हेटौँडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको ईभी आज दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ।

गाडीमा चालकसहित आठ जना सवार रहेको बताइएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।