प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम १४ अर्ब ४५ करोड ९८ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, दुईवटा बैंकमा रहेको डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ।
कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ।