logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

जेन्जी सांसदलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | १ घण्टा अघि
जेन्जी सांसदलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया गर्दै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न अग्रसर हुन आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ अघि बढ्न आग्रह गरे। उनले स्थलगत अध्ययन तथा अनुसन्धान, सूचना–प्रविधिको उच्चतम प्रयोग, समस्या समाधानमुखी व्यवहार र पुराना अव्यावहारिक सोच त्याग्न सुझाव दिए।

प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र अरूका लागि प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्न प्रतिबद्ध भएर अघि बढ्ने बताएका छन्।