प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
काठमाडौं / नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता ‘सिटी लाइट्स’ (City Lights) का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कार अन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइस’ प्रदान गरिएको छ।
मार्च २०२६ मा घोषणा गरिएको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रस्तुत रचनामध्येबाट निरौलाको कविता छनोट भएको हो। विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक तथा कलाकार सम्मिलित अन्तर्राष्ट्रिय निर्णायक मण्डलले मूल्याङ्कन गरी पुरस्कारको निर्णय गरेको जनाइएको छ।
निरौलाले यो पुरस्कारलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै यसले आफ्नो साहित्यिक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको बताएकी छन्।
उनले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिमात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थितिको पहिचानका रूपमा लिएको उल्लेख गरेकी छन्।