प्रभातफेरी अनलाइन२४ पटक पढिएको | १ घण्टा अघि
बनेपा / नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट भइसकेको भन्ने हल्लामा सत्यता नरहेको बताउनुभएको छ।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा बोल्दै नेता पुनले एमालेभित्रको आन्तरिक बहस टुंगिनुअघि पार्टी एकता र पद बाँडफाँटबारे कुनै निष्कर्ष नभएको स्पष्ट पार्नुभयो।
अनावश्यक बाहिर प्रोपोगन्डा मात्र हुन
उहाँले एमालेसँग प्रदेश सरकारमा सहकार्य भइरहेको र भविष्यमा पार्टी एकताका विषयमा नेतृत्व तहमा कुराकानी भए पनि एकता तथा पद बाँडफाँटबारे कुनै सहमति नभएको बताउनुभयो।
संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूसँग तथा आवश्यक परे नेपाली कांग्रेससँग समेत सहकार्य जारी रहने नेता पुनले बताउनुभयो।
उहाँले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू समेत अहिले सरकारमा रहेको टिप्पणी गर्नुभयो।
