logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

भोटेकोशीका पीडितलाई राहत होइन, सरकारको मिडिया बाजी देखियो : वर्षमान पुन

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन ५, सोमबार
भोटेकोशीका पीडितलाई राहत होइन, सरकारको मिडिया बाजी देखियो : वर्षमान पुन

काभ्रे / खानिखोला गाउँपालिकामा जन्मिएर पालिका भन्दा बाहिर कर्म थलो बनाएर जिविको पार्जन गर्दै आएका कार्यकताहरुलाई लक्षित गरेर आयोजना गरिएको सम्पर्क समितिको भेलालाई सम्बोधन गर्न काभ्रेको बनेपा आइपुगेका नेकपाका नेत्ता बर्षमान पुनले भोटेकोशी बाढी–पहिरो : पीडितको आँसु कि सरकारको मिडिया बाजी? भनेर टिप्पणी गर्नुभएको छ ।

भोटेकोशीमा बाढी आयो, पहिरो गयो, घर–परिवार उजाडिए, नागरिकको जीवन अस्तव्यस्त भयो। तर विपद्को पीडाभन्दा ठूलो देखिन थाल्यो—सरकारको प्रचार, नेतृत्वको फोटोसेसन र मिडिया बाजी! गर्यो भन्दै कटाक्ष गर्नु भएको छ ।

पीडितलाई राहत कहिले पुग्यो? उद्धार कति प्रभावकारी भयो? बेपत्ताको खोजी कति गम्भीरतापूर्वक भयो? विस्थापितको पुनःस्थापना कसरी हुँदैछ? यी प्रश्नको जवाफभन्दा क्यामेरा अगाडि को देखियो, कसले श्रेय लियो र कसको प्रचार बढी भयो भन्ने प्रतिस्पर्धा देखिनु विडम्बना हो।

विपद् जनताको दुःख हो, नेतृत्वको प्रचार सामग्री होइनभन्दै नेत्ता पुनले सरकार जनउत्तर्दायी हुनुपर्नेमा जोड दिनुभएको छ ।

जनताको घरमा चुलो बल्न नसकेको बेला भाषणमा विकासको धुवाँ उडाउनुको अर्थ छैन। पीडितले राहतको झोला पर्खिरहेका बेला सामाजिक सञ्जालमा उपलब्धिको पोस्टर टाँस्नुले सरकारको जिम्मेवारी पूरा हुँदैन।

अब प्रश्न सीधा छ—

सरकारलाई पीडितको आँसु पुछ्न बढी चिन्ता छ कि आफ्नै छवि चम्काउन?

भोटेकोशीका पीडित जनताले मिडिया बाजी होइन, राहत खोजेका छन्; फोटो होइन, उद्धार खोजेका छन्; भाषण होइन, राज्यको जिम्मेवार उपस्थिति खोजेका छन्।

विपद्को नाममा राजनीति होइन—जनताको जीवनसँग जोडिएको जवाफदेहिता चाहिन्छ भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।