logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

राजदूत नियुक्तिमा आफ्नै मापदण्ड मिचेको सरकारमाथि शाहीको आरोप

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | १ घण्टा अघि
राजदूत नियुक्तिमा आफ्नै मापदण्ड मिचेको सरकारमाथि शाहीको आरोप

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गर्दा परराष्ट्र मन्त्रालयले तय गरेको मापदण्ड उल्लंघन गरेको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले विदेशी दबाब वा आर्थिक चलखेलका कारण सरकारले आफ्नै मापदण्ड पालना नगरेको दाबी गरे।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई राजदूत नियुक्त नगर्ने मापदण्ड बनाए पनि सरकारले त्यसविपरीत सिफारिस गरेको शाहीको आरोप छ।

उनले अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन र जर्मनीका लागि प्रस्तावित शारू जोशीको विगतको कार्यअनुभव उल्लेख गर्दै सरकारले बनाएको मापदण्डबारे संसदमा जवाफ दिनुपर्ने माग गरे।

शाहीले सरकारले आफैं बनाएको मापदण्ड आफैं कार्यान्वयन गर्न नसक्नु सुशासन नभएको टिप्पणीसमेत गरे।