प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि आवश्यक छलफल तथा परामर्श गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले महासभामा सहभागी हुने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीसँग छलफलका लागि भेटघाट गरेका हुन्।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।