logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

पत्रकार किशोर श्रेष्ठको खुलासा : ‘सत्ताको दबाब सहेर पनि कर्तव्यबाट चुकेनन्’ प्रहरी प्रमुख दानबहादुर कार्की !

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन ६, मंगलबार
पत्रकार किशोर श्रेष्ठको खुलासा : ‘सत्ताको दबाब सहेर पनि कर्तव्यबाट चुकेनन्’ प्रहरी प्रमुख दानबहादुर कार्की !

काठमाडौँ :- पत्रकार किशोर श्रेष्ठले वर्तमान प्रहरी प्रमुख दानबहादुर कार्की आफ्नो स्कूले सहपाठी भए पनि उनले व्यावसायिक निष्ठा र कर्तव्यपालनामा कहिल्यै सम्झौता नगरेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै श्रेष्ठले प्रहरी प्रमुख कार्कीले सत्ताको गैरकानुनी मौखिक आदेश पालना नगरेको र पूर्वाग्रहपूर्ण गिरफ्तारीको प्रयासलाई अस्वीकार गर्दै आएको बताए।

आफूमाथि भएको गिरफ्तारी र सञ्चार सामग्री जफतको प्रसङ्ग उल्लेख गर्दै श्रेष्ठले प्रहरी प्रमुखले कुनै साथीभाइको पक्षपात नगरी राज्यको कानुन अनुसार सबैलाई समान व्यवहार गरेको उल्लेख गरे। सत्ताधारीहरूले ‘जनआस्था’ को समाचार स्रोत पत्ता लगाउन र कलमलाई निरुत्साहित गर्न खोजे पनि अदालतको हस्तक्षेपले प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारलाई झन् बलियो बनाएको उनको भनाइ छ।

कवि, गीतकार र भुइँ तहबाट उठेका कार्कीलाई धम्काएर वा बेइज्जत गरेर कर्तव्यच्युत बनाउन नसकिने भन्दै श्रेष्ठले प्रहरी प्रमुखलाई निष्पक्ष, इमानदार र खरो अधिकारीका रूपमा चित्रित गरेका छन्। यस घटनाले श्रेष्ठको टोलीलाई शारीरिक र मानसिक कष्ट दिए पनि सिङ्गो प्रेस जगतको अधिकार रक्षा गर्न मद्दत पुर्‍याएको दाबी उनले गरेका छन्।