logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन रोक

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन रोक

चितवन / निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमन रोकिएको छ। चितवनमा साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

बिहानको सडक तथा मौसमको अवस्था हेरेर सवारी सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ। धादिङ प्रशासनले पनि यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।