logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

बागमती प्रदेशको ६५% बजेट विकासमा, चालू खर्च ३४% मात्रै: मुख्यमन्त्री थापा

प्रभातफेरी अनलाइन४३ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
बागमती प्रदेशको ६५% बजेट विकासमा, चालू खर्च ३४% मात्रै: मुख्यमन्त्री थापा

काभ्रे / बागमती प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यमा आधारित नभएको मुख्यमन्त्री किरण थापा ले बताउनुभएको छ ।

मुख्यमन्त्री थापाले सामाजिक संजालमा लेख्नु हुन्छ : बागमती प्रदेशको चालु आर्थिक वर्षको कुल बजेट ६६ अर्ब ९३ करोड रहेको छ । जसमध्ये तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मत सम्भार र सामाजिक सुरक्षा जस्ता नियमित खर्च अर्थात चालू खर्च २२ अर्ब ९६ करोड अर्थात ३४.३१% मात्रै छ ।

बाँकी ४३ अर्ब ९७ करोड अर्थात ६५.६९% बजेट भने विकास बजेट तर्फ छुट्याइएको उहाँको दाबी छ । यो बजेट दैनिक जीवनलाई सहज बनाउने सडक, पुल, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने पूर्वाधार निर्माणमा खर्च हुने मुख्यमन्त्री थापाले स्पष्ट पार्नुभएको छ ।

“प्रदेश खारेजीको विकल्प होइन, सुधारको आवश्यकता छ”

सर्वसाधारणबाट प्रदेश संरचनाप्रति उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापा “प्रदेश सरकार बोझिलो भयो,खर्चिलो भयो,भन्ने आम सर्वसाधारणहरुले सायद नबुझेर नै भन्नुभएको हुनुपर्छ ।”

उहाँले प्रदेश संरचनामा सुधारको आवश्यकता स्वीकार गर्दै धेरै मन्त्रालय घटाउनेदेखि कार्यालयहरू गाभ्ने कामसम्म भइसकेको जानकारी दिनुभयो। “अझै अध्ययन गर्दैछौँ । तर सिङ्गो प्रदेशीय व्यवस्था हाम्रो देशको आवश्यकता हो । चाहे विपद् आउँदा होस् या विकासको लागि होस्,” मुख्यमन्त्री थापाले जोड दिनुभएको छ ।

प्रदेश सरकारले विकासमुखी बजेटको आकार बढाएर जनताको जीवनस्तर सुधारमा जोड दिने नीति लिएको पनि मुख्यमन्त्री थापाले बताउनुभएको छ ।