logo
२०८३ आश्विन १४, बुधबार |
☰
📰
🔍
✕

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको जनाएको छ।