प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
काठमाडौँ / धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ। सोमबार १६ अंकले घटेको नेप्से मंगलबार थप ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको हो।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से सूचक दिनभरजसो राताम्मे देखिएको थियो। मंगलबार बजार २६१४ विन्दुसम्म पुगे पनि न्यूनतम २५८८ विन्दुसम्म झरेको थियो।
कारोबारको अन्तिम समयमा लगानीकर्ता सम्हालिँदा नेप्से एकल अंकको गिरावटमा सीमित भएको हो। बजारले २५ सय विन्दुमा बलियो टेवा पाएको देखिएको छ।
मंगलबार कुल ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
मूल्य वृद्धितर्फ आईसीएफसी फाइनान्सको डिबेन्चर ९.१८ प्रतिशतले बढेर अग्रस्थानमा रह्यो भने सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले वृद्धि भएको छ।