logo
२०८३ आश्विन १७, शनिबार |
☰
📰
🔍
✕

रौतहटमा पोखरीमा २८ वर्षीय युवक मृत फेला

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
रौतहटमा पोखरीमा २८ वर्षीय युवक मृत फेला

रौतहट / फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा २८ वर्षीय राजेश दास अरविन्द यादव पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार बिहान पोखरीमा घोप्टो परेको अवस्थामा युवकलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार युवकको मृत्यु डुबेर भएको हो वा अन्य कुनै कारणबाट भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने जनाइएको छ।