प्रभातफेरी अनलाइन११ पटक पढिएको | २ मिनेट अघि
काठमाडौँ / फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। ‘सर्भाइभल’ कथामा आधारित उक्त फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्यले फिल्म निर्माण गरिएको हो।
अभिनेता सुनील थापाको अभिनय रहेको यो उनको अन्तिम चलचित्रसमेत हो। फिल्ममा सुनील थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय रहेको छ। चलचित्रलाई धिराज राजवंशीले निर्देशन गरेका छन्।