प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई थप सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ७१औँ प्रहरी दिवसका अवसरमा पठाउनुभएको लिखित सन्देशमा उहाँले प्रहरीलाई आवश्यक नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ।
साथै, प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको र वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको पनि उहाँले बताउनुभएको छ।