logo
२०८३ आश्विन ३०, शुक्रबार |
☰
📰
🔍
✕

एलन मस्कले सार्वजनिक गरे हावामा उफ्रिन सक्ने नयाँ टेस्ला रोडस्टर

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
एलन मस्कले सार्वजनिक गरे हावामा उफ्रिन सक्ने नयाँ टेस्ला रोडस्टर

अन्तर्राष्ट्रिय । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उफ्रिन सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार प्रदर्शन गरेका छन्।

मस्कले बिहीबार अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार सार्वजनिक गरेका हुन्। टेस्लाको आधिकारिक एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्‍याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो।

प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भन्दै उक्त प्रविधिको सम्भावनाबारे बताएका थिए। उनले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको उल्लेख गरे।

मस्कका अनुसार कारमा हावाको दबाब प्रयोग गरेर गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ। टेस्ला र स्पेसएक्सको संयुक्त प्राविधिक क्षमताले यस्तो प्रविधिको विकास सम्भव भएको उनको भनाइ छ।

मस्कले उक्त कार सन् २०२८ मा उत्पादनमा जाने जानकारी दिएका छन्। यद्यपि, उड्ने कारको व्यावहारिक प्रयोगमा प्राविधिक जटिलता र नियामक चुनौती अझै कायम छन्।