logo
२०८३ कार्तिक ११, मंगलबार |
☰
📰
🔍
✕

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

काठमाडौं / स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९७० रुपैयाँ कायम भएको छ।

सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ र चाँदी ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।