प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ कार्तिक ११, मंगलबार
काठमाडौँ / नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा ३० दिनको समयावधि भएको यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजअन्तर्गत जुनसुकै नेटवर्कमा ३३३ मिनेट भ्वाइस कल र दैनिक ८ जीबी डाटा प्रयोग गर्न पाइनेछ।
उक्त प्याकेज कात्तिक १० गतेदेखि मङ्सिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले मोबाइलबाट *14159# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज लिन सक्नेछन्।
पोस्टपेड प्रयोगकर्ताका लागि भने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।