logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४:३० बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्दैछ। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

यसअघि भएका खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई र कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन्।

अंकतालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन्।