logo
२०८३ कार्तिक १३, शुक्रबार |
☰
📰
🔍
✕

मध्यपूर्वमा तनाव बढ्दा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलरमाथि

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
मध्यपूर्वमा तनाव बढ्दा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलरमाथि

एजेन्सी / यमनका हुथी विद्रोहीले साउदी अरबका ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नाघेको छ। होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता थपिएको छ।

शुक्रबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ०.७५ प्रतिशतले बढेर प्रतिब्यारेल ११५.७४ डलर पुगेको छ। त्यस्तै, अमेरिकी डब्लूटीआई क्रुडको मूल्य ०.७१ प्रतिशतले बढेर १०२.७२ डलर कायम भएको छ।

हुथी सेनाले साउदी अरबका रास तनुरा र राबिघ तेल प्रशोधन केन्द्र तथा अरामकोको अब्काइकस्थित ऊर्जा केन्द्रलाई लक्षित गरेको दाबी गरेको छ। यसले तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंका बढाएको छ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ अनधिकृत मार्ग प्रयोग गर्न खोज्दा तीनवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा परेर आगलागी भएको दाबी गरेको छ।

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र प्रमुख समुद्री मार्गमा देखिएको जोखिमका कारण विश्वव्यापी ऊर्जा आपूर्ति तथा तेलको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।