logo
२०८३ कार्तिक १३, शुक्रबार |
☰
📰
🔍
✕

भुटानमा हिमताल विस्फोटपछि बाढी, मुख्य सडक बगाउँदा लाया क्षेत्र सडक सम्पर्कविहीन

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
भुटानमा हिमताल विस्फोटपछि बाढी, मुख्य सडक बगाउँदा लाया क्षेत्र सडक सम्पर्कविहीन

एजेन्सी / भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ। सडकमा क्षति पुगेपछि दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।

उत्तर भुटानको गासा जिल्लास्थित उक्त तालबाट आएको बाढी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो। बाढीले लाया जोखांग सडकमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका यातायात बन्द गरिएको छ।

भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रलाई समेत सतर्क गराइएको छ। हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

रातिको अँध्यारोका कारण बाढीबाट भएको क्षति र तालबाट बाहिरिएको पानीको परिमाण यकिन हुन सकेको छैन। घटनापछि भारतको पश्चिम बंगालमा समेत सतर्कता बढाइएको छ। संकोश नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सार्न तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। समाचार स्रोत