प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
काठमाडौँ / सरकारले कम्पनी दर्ता नवीकरण तथा विवरण अद्यावधिक नगरेका कम्पनीलाई कर, दस्तुर, ब्याज र जरिबाना मिनाहा गर्ने सुविधा आगामी पुस मसान्तसम्म थप गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी–व्यवसायीको अनुरोध र उनीहरूले भोगेका समस्यालाई मध्यनजर गर्दै छुट सुविधाको म्याद थप गरेको जनाएको छ। यसअघि यस्तो सुविधा लिने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म तोकिएको थियो।
मन्त्रालयका अनुसार २०८३ पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को नियमित कर, शुल्क, दस्तुर बुझाई आवश्यक विवरण पेस गर्ने कम्पनीले अघिल्ला वर्षहरूमा लागेका कर, शुल्क, ब्याज तथा जरिबानामा पूर्ण छुट पाउनेछन्।
कम्पनीको कारोबार नियमित राख्न वा दर्ता खारेज गर्न चाहने व्यवसायीले समेत यो सुविधाको लाभ लिन सक्नेछन्।