logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ६ मिनेट अघि
तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा

पाल्पा / तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन्। कर्णाली प्रदेशको सुर्खेतबाट आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन्।

परम्परागत पेसाबाट जीविकोपार्जन गर्न कठिन हुँदै गएपछि चाडपर्व मनाउनसमेत सहयोग जुटाउनुपर्ने अवस्था आएको समुदायका सदस्य बन्दवीर शाहीले बताएका छन्। जङ्गलमा रुख काट्न सहज नभएपछि काठका सामग्री निर्माण तथा बिक्रीबाट आम्दानी गर्न समस्या भएको उनको भनाइ छ।