logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि सुनचाँदीका सिक्का बिक्री गर्दै

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २ मिनेट अघि
तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि सुनचाँदीका सिक्का बिक्री गर्दै

काठमाडौँ / नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद–बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार सिक्का बिक्री आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ।

तिहारमा सुनचाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासअनुसार लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेकाले राष्ट्र बैंकले हरेक वर्ष विशेष रूपमा सिक्का बिक्री गर्दै आएको छ।