logo
२०८३ कार्तिक २८, शनिबार |
☰
📰
🔍
✕

भायानेटको नयाँ सेवा ‘आजको समस्या, आजै समाधान’, सोही दिन इन्टरनेट समस्या हल गर्ने लक्ष्य

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २४ मिनेट अघि
भायानेटको नयाँ सेवा ‘आजको समस्या, आजै समाधान’, सोही दिन इन्टरनेट समस्या हल गर्ने लक्ष्य

काठमाडौं / भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको समस्या, आजै समाधान’ सेवा सुरु गरेको छ।

यस सेवाअन्तर्गत साँझ ५ बजुअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

समस्याको प्रकृतिअनुसार टाढैबाट प्राविधिक सहयोग उपलब्ध गराउने वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गरिनेछ।

यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो र भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ।

प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सहायता नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्।