प्रभातफेरी अनलाइन३ पटक पढिएको | २६ मिनेट अघि
काभ्रे / अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहायत्री पौडेलले प्रदेशभित्रका हिमनदीबाट मुहान भई बग्ने नदी किनारका बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न लागेको जानकारी गराउनुभएको छ ।
भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा नदोहोरियोस् र नदी किनारका बस्तीका बासिन्दा त्रासैत्रासमा बाँच्नु नपरोस् भनेर प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको मन्त्री पौडेलको भनाइ छ ।
अन्तरक्रियामा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको सो अबसरमा जानकारी समेत गराउनु भएको छ । उहाँहरुले हामीले त घच्घच्याउने काम गरेका हौं । यसमा राज्यको तर्फबाट कुटनैतिक पहल हुन आवश्यक छ तर संघीय सरकार बेखबर छ भन्दा फरक नपर्ने उसका गतिविधिले स्पष्ट देखाएको आरोप लगाउनु भएको छ । यो बिषयमा सरकार गम्भीर भएर लाग्नु पर्नेमा उसका गतिविधिले महत्वोपुर्ण देखाएको भेटेनौ ? त्यसैले यहि फोरमबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं तत्काल तातोपानी नाकालाई पुर्णरुपमा संचालनमा ल्याउन पहल कदमी लियोस हाम्रो आग्रह छ भन्नू भएको छ ।
तातोपानी नाका खुलाउन पूर्वसांसद माधव सापकोटाको अग्रसरता, पाँच सदस्यीय कार्यदल गठनदेखि कूटनीतिक पहलसम्मको तयारीमा Madhav Sapkota “Subodh”
भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको बताएका थिए।
उहाँहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको गुनासो गर्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका हुन्।
नेकपाका नेता सापकोटाले चिनियाँ नेतृत्वसँगको छलफलमा नाका पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा उठाइएको बताएका छन् ।
“जनताको दु:ख पिडालाई आफ्नै सम्झने नेता माधब सापकोटा जो तातोपानी नाका खुलाउन कम्मर कसेर लागि परेका छन्”
चिनियाँ पक्षले यस विषयलाई गम्भीरतापूर्वक लिएर तातोपानी नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक रहेको जानकारी दिएका छन् । चीनले संभावित बाढी र हिमताल विस्फोटको सुरक्षा जोखिमका साथै नाका नजिकैको ‘इको पहिरो’ का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति नेपालको धारणा समेतमा चासो राखेको छ ।
छलफलका क्रममा भोटेकोशी बाढीपछि सीमा क्षेत्रका बस्ती र पूर्वाधारहरू जोखिमयुक्त छन् भन्ने सन्देश प्रवाह भएकाले त्यसलाई उचित समाधान खोज्दै विपद् व्यवस्थापन र भौतिक पूर्वाधार सुधारमा ठोस काम गर्नुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

नेपाल–चीन मामिलाका विज्ञ समेत रहेका परराष्ट्रविद डा. सापकोटाले तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि उच्चस्तरीय कूटनीतिक पहलका साथ दुई देशबीच आपसी विश्वास बढाउन आवश्यक रहेको बताएका थिए।
