logo
२०८३ कार्तिक २७, शुक्रबार |
☰
📰
🔍
✕

कतार र इस्टोनियासँग डिजिटल सहकार्य विस्तारबारे सञ्चारमन्त्रीको छलफल

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ कार्तिक २७, शुक्रबार
कतार र इस्टोनियासँग डिजिटल सहकार्य विस्तारबारे सञ्चारमन्त्रीको छलफल

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलन–२०२६ मा सहभागी हुन पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाई र इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।