logo
२०८३ कार्तिक २८, शनिबार |
☰
📰
🔍
✕

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

प्रभातफेरी अनलाइन११ पटक पढिएको | ७ मिनेट अघि
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौँ / नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको छ।

सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले उक्त सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।