प्रभातफेरी अनलाइन१८ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौँ / नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने भएको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीको आत्मसमीक्षा, विचार, दस्ताबेज तथा सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित अभियान सञ्चालन गर्न लागिएको हो।
पार्टीका कमीकमजोरी सुधार गर्दै सकारात्मक र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न आवश्यक योजना तयार पार्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको महामन्त्री पौडेलले जानकारी दिएका छन्।