प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
काठमाडौं / काठमाडौंका एक दर्जनभन्दा बढी स्थानमा आजदेखि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिहीबार सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि मंसिर १२ गतेसम्म दैनिक बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
आज बलम्बु थानकोट सबस्टेसनअन्तर्गत बल्खुखोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
विद्युत् लाइन भूमिगत गर्ने कार्य सम्पन्न भएपछि नियमित विद्युत् आपूर्ति सुचारु हुने प्राधिकरणले जनाएको छ ।