logo
२०८३ मंसिर ३, बिहिबार |
☰
📰
🔍
✕

दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन दुई मात्रा खोप लगाउन आग्रह

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन दुई मात्रा खोप लगाउन आग्रह

काठमाडौँ / विकसित देशहरूमा समेत दादुरा सङ्क्रमण तीव्र रूपमा बढिरहेको र केही देशले दादुरा निवारणको मान्यता गुमाइसकेको अवस्थामा बालबालिकालाई दादुरा–रुबेलाबाट जोगाउन खोपमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

खोपको अपूर्ण कभरेज, खोपसम्बन्धी भ्रम तथा गलत सूचना र बालबालिकाले दुवै मात्रा खोप नलगाउनेजस्ता कारणले दादुरा सङ्क्रमण बढिरहेको औँल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले बालबालिकालाई नियमित खोप तालिकाअनुसार ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा गरी दुई मात्रा दादुरा–रुबेला खोप अनिवार्य लगाउन आग्रह गरेको छ।

महाशाखाले सबै लक्षित बालबालिकाले निःशुल्क तथा सुरक्षित खोप लगाएको सुनिश्चित गर्न अभिभावकलाई आग्रह गरेको छ।