logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारतमा

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारतमा

काठमाडाैं / प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको छ।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौं प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह करिब ३ः३० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

विमानस्थलमा उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत दुवै देशका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो।