logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल ताजमा

प्रभातफेरी अनलाइन९ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल ताजमा

नयाँ दिल्ली / भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री एस. जयशंकर होटल ताज पुग्नुभएको छ।

सोमबार साँझ प्रधानमन्त्री शाह बस्नुभएको होटलमा पुग्नुभएका जयशंकर र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।

दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएका प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो।