प्रभातफेरी अनलाइन१० पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
काठमाडौँ / नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ ले २८ वर्षको सफल सञ्चालन पूरा गर्दै मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गरेको छ।
चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित यस केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।
कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ।
२९औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।