प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
ओखलढुंगा / ओखलढुंगामा बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
सोमबार बिहान सिद्धिचरण नगरपालिका–२, खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
निशंखेबाट सिद्धिचरण नगरपालिका–८, लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका दर्शनार्थी सवार प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जीप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुने सबै सिद्धिचरण नगरपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको छ।