logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, अर्को मिति तोकिएन

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, अर्को मिति तोकिएन

काठमाडौँ / प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ।

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो।

सर्वोच्च अदालतले रिटमाथि अर्को सुनुवाइको मिति भने हालसम्म निर्धारण गरेको छैन।