logo
२०८३ मंसिर ८, मंगलबार |
☰
📰
🔍
✕

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ८, २०८३ | मंगलबार
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का

काठमाडौँ / ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा समेत महसुस गरिएको छ।