Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जैविक विषादी प्रति कृषक आकर्षित

प्रभातफेरी अनलाइन १२१५० पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
जैविक विषादी प्रति कृषक आकर्षित

कुशादेवी / खेतीबारीमा रासायनिक विषादीको प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकहरुको संख्या जिल्लामा बढ्दै गएको पाइएको छ । जिल्लामा पहिलोपटक कृषकहरुले निर्माण गरेको जैविक विषादी उत्पादन केन्द्र कुशादेवी गाविसमा स्थापना भएपछि अहिले जिल्लामा यसको प्रयोग समेत बढ्दै गएको कृषि विकास कार्यालय काभे्रले जनाएको छ ।
वाली संरक्षण निर्देशनालय क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, कुशादेवी गाविस, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र र कृषि विकास कार्यालय काभे्रको प्राविधि तथा आर्थिक सहयोगमा स्थापना भएको सो उत्पादन केन्द्रको निर्माण भएसँगै कृषकहरु समेत यसको प्रयोगमा आकर्षित हुदै गएको पाइएको हो । दैनिक रासायनिक बिषादी प्रयोग बढी गर्ने जिल्लाको रुपमा चिनिदै गएको काभे्रमा जैविक विषादी केन्द्र स्थापना सँगै रासायनिक बिषादी छाड्दै जैविक विषादी प्रयोग गर्नेको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो ।
जैविक विषादी केन्द्रबाट एन.पि.भि.भाईरस ७५० ई.एल उत्पादन भएकोमा ६२० ई.एल कृषकहरुले प्रयोग गरेका छन । त्यसैगरी ट्राईक्रोडर्मा एक हजार ५ सय केजी उत्पादन भएकोमा एक हजार ३७ केजी बिक्रि भएको छ भने निमाटोल ७५० लिटर उत्पादन भएकोमा ४०० लिटर बिक्रि भएको सयपत्री सामुदायिक श्रोत केन्द्रका प्राविधिक रित कुमार सापकोटाले जानकारी दिनुभयो । ‘पहिला त कृषकहरु जैविक विषादी प्रयोग गर्ने डराउथ्ये तर अहिले त रासायनिक बिषादी भन्दा जैविक बिषादी नै प्रयोग गर्दा उत्पादन बढेकोे बताउछन, सापकोटाले भन्नुभयो, अहिले त यसको माग समेत बढेको छ ।’
५ बर्ष अगाडी स्थापना भएको जैविक विषादी केन्द्र जिल्ला कै कुषकहरु रासायनिक विषादी प्रयोगलाई विस्थापित गर्ने दरिलो माध्यम बन्दै गएको छ । जैविक विषादीको प्रयोगबाट बालीनाली सप्रने, उन्नत उत्पादन हुने र लगानी पनि कम पर्ने कारण यो क्षेत्रका किसानहरु जैविक विषादी प्रयोगमा आकर्षित हुदै गएका छन । मानविय जीवनमा रासायनीक विषादीले ठुलो असर गर्ने भएपछि किसानहरु आफै रासायनिक विषदीलाई हटाउदै जैविक विषादी प्रयोग गर्न थालेको कृषकहरु बताउँछन । जैविक विषादी केन्द्रबाट उत्पादित विषादी एक हजार जनाभन्दा बढी किसान र २० वटा फार्ममा समेत नियमित रुपमा प्रयोग गरिदै आएको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।
विरुवामा लाग्ने किरालाई सहजै मार्ने र विरुवालाई आवश्यक तत्व प्रदान गर्ने नेमाटोड, ट्राइक्रोडर्मा, एन.पि.भि र मेटाजियम लगायतका विषादीहरु उत्पादन र वितरण गरिने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ट्राइक्रोडर्मा र एन.पि.भि नामक विषादीको ८ देखि १० रुपैयाँसम्म पर्ने गरेको छ । रासायनिक मलको भन्दा निकै कम मुल्य रहनु, दीर्घकालीन जीवन बिताउन, जैविक विषदी हालिएका तरकारी तथा बालीहरुको बजारीकरणको समस्या नहुनु, र स्वास्थ्यलाई समेत निकै लाभ पुग्ने भएपछि कुषकहरु यस जैविक विषादी प्रति आकर्षित भएका छन् ।
रासायनिक विषादीलाई हटाउने र जैविक विषादीको प्रयोगलाई तीव्र रुपमा प्रयोग गर्ने कार्यको लागि प्रचार–प्रसारको निकै समस्या भएको प्राविधिक सापकोटाले बताउनुभयो । स्वस्थ उत्पादन र दीर्घकालीन स्वास्थ्यको लागि प्रयोग गर्नैपर्ने सो विषादी हाल जिल्लाको कुशादेवी, ¥याले विहावर, भूमिडाँडा, नासिकास्थान, कुन्तावबेसी, भकुण्डे, पाँचखाल लगायतका दर्जनौ गाविसका किसानहरुले प्रयोग गर्ने गरेका छन् । यो विषादी प्रयोगबाट उत्पादनमा समेत वृद्धि भएको किसानहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0