Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘कलाकार सस्ता गहना होइनन् ।’ – नरेन्द्र प्यासी

प्रभातफेरी अनलाइन ५२५९ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
‘कलाकार सस्ता गहना होइनन् ।’ – नरेन्द्र प्यासी

वरिष्ठ गायक, संगितकार एवं चित्रकार
नेपाली सांगितीक क्षेत्र , जहाँ सयौं व्यक्तित्वहरु उदाए , अस्ताए र अझै यो क्रम जारी नै छ अहिले पनि । त्यहि क्षेत्र जहाँबाट उनले आफ्नो पहिचान बनाए , दुनियाँलाई चिनाए र आफू चिनिए सबै सामू । सानै उमेर देखि गितसंगितमा लागेका उनी हुन् , चर्चित गायक, संगितकार एवं चित्रकार नरेन्द्र प्यासी । राजधानीको खिचापोखरीमा वि.सं. २०२२ सालमा जन्मिएका उनी ०३० सालमै रेडियो नेपालबाट स्वरपरिक्षा पास गरेपछि विधीवत रुपमा साँगितीक फाँटमा प्रवेश गरेका हुन् । यो समय सम्ममा उनले करिव ३ सय जति गित गाएका छन् । पछिल्लो पटक वास्ना एल्बमले उनलाई निकै चर्चामा पु¥यायो । केहि समय अघि मात्र आफ्नो सांगितीक नाकको डाँडी जोगाउनका लागि वाणि एल्बम निकालेका प्यासी विगत ४ वर्ष देखि अमेरिकामा छन् । यसपटक उनीसँग मध्यमार्गका लागि विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले अनलाइन मार्फत कलाक्षेत्र र अन्य विषयमा रमाइलो कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ः
तपाईंको परिचय दिनुस न ।

नरेन्द्र प्यासि, गायक, संगितकार एवं चित्रकार । भुषाल परिवारमा जन्मिएँ । प्यासी उपनामले परिचित छु ।

कहिले देखि गित गाउन थाल्नुभयो ?

२०३० सालमा रेडियो नेपालबाट स्वरपरिक्षा पास गरेपछि मैले गित गाउन थालेको हुँ ।

पहिलो गित कुन थियो ?

“बिना बादल असिनापानी , फेरि माया लाउली बैमानी ” बोलको गित मैले पहिलो पटक गाएको गित हो ।

गित गाउने प्रेरणा कसले दियो ? अहिले सम्म कति गितहरु गाउनु भएको छ ?

बुबाको प्रेरणाले म गित गाउँन थालेको हुँ । अहिले सम्म ३ सय जति गित गाएँ होला कि ..!

अहिले प्रविधीको विकास भएको छ । पहिले र अहिलेको गित गाउने तरिकामा कस्तो फरक पाउनु भएको छ ?

पहिला त निकै समस्या थियो । अहिले जस्तो सजिलो थिएन । त्यतिबेला लाइभ गाउँदा सम्पूर्ण बाजा भर्ने र गाउने एकैचोटिमा गर्नुपथ्र्यो । अहिले म्युजिक ट्रयाक तयार भइसकेपछि गाइन्छ । यो सबै आधुनिक प्रविधीको कारण हो ।

विगत ४ वर्ष देखि देश बाहिर हुनुहुन्छ । अरु पनि थुप्रै कलाकार विदेश पलायन भएका छन् । पहिलो पुस्ताका कलाकार र गितकारहरु यसरी विदेशिनु पर्ने बाध्यता के आइप¥यो ?

सबै जना कलाकार बाहिर गयो मात्र भन्छन् तर अहिले सम्म किन ऊ बाहिर गयो भनेर कसैले पनि चासो दिएका छैनन् । अहिले बिदेशिनु सबैका लागि बाध्यता भइसकेको छ । यो कसैको पनि रहर होइन । त्यसैले रहरले भन्दा पनि करले बिदेशिन बाध्य पारेको हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

राष्ट्रका गहना मानिएका सर्जकहरु यसरी विदेशिदा देशलाई ठूलो घाटा छ । स्वदेशमा केहि विकल्प थिएनन् र ?

तपाईंले कलाकारहरुलाई गहना भन्नुभयो तर मलाई गहना हुन् जस्तो लाग्दैन । गहना त जहाँ पनि किन्न पाइन्छ । बेच्न पनि पाइन्छ । तर कलाकारलाई कसैले पनि किनबेच गर्न सक्दैन । उनीहरु गहना होइनन् गहन हुन् । आवश्यक पर्दा लगाउने र आवश्यक नपर्दा फुकालेर थन्क्याउन मिल्ने गहना जस्तो कलाकार हुनै सक्दैन । र कलाकार विदेशिनु भनेको देशको लागि घाटा हो । महत्व बुझेर उनीहरुलाई स्वदेशमै रहने वातावरण बनाएको भए रोजगारीको विकल्पमा विदेशिनुलाई कसैले पनि संकल्प बनाउँदैनथ्यो होला नि । कुनै पनि वस्तु हराउनु भन्दा त्यो सामानको हिफाजत गर्न सक्ने हो भने हराउने नै थिएन भन्ने बुझ्नु पर्छ ।

प्रसङ्ग बदलौं , तपाईंको अनुभवमा गित संगित के हो ?

गितसंगित भनेको देखिने र छुने वस्तु होइन । यो त सुनेर अनुभूती गर्ने चिज हो जस्तो लाग्छ मलाई त ।

हिजोआज अरुका गितहरु चोर्ने विकृति वढेको छ । त्यस्ता मान्छेलाई के भन्नुहुन्छ ?

नक्कल गर्नु पर्छ तर अक्कल पु¥याएर गरेको नक्कल मात्र राम्रो हुन्छ । कसैले सिधै अरुको सिर्जना चोरेका छन् । यो गलत हो । संगितका १२ स्वरमा कतै न कतै त छुन्छ तर त्यसबाट बचेर फरकधारमा पनि त ढाल्न सकिन्छ नि । अरुको रचना चोर्नेलाई संगितको ज्ञान नभएको भन्छु म त । यदि ऊ सँग प्रशस्त ज्ञान थियो भने अरुको रचना चोर्नेतिर ध्यान नै दिंदैनथ्यो नि ।

नेपालको समसामयिक राजनितीक घटनाक्रम प्रति तपाईंको धारणा के छ ?

मलाई राजनितीमा खासै रुचि छैन र राख्दिन पनि । बरु राजनितीमा लाग्नेहरु चाहिं गितसंगितमा अभिरुची राख्छन् । तपाईं आफैं भन्नुस् न राजनिती र संगितमा कति भिन्नता रहेछ भनेर ।

देशको अस्थिर राजनितीले कलाक्षेत्रलाई कस्तो प्रभाव पार्छ ?

संगित श्रृजना भनेको शान्त र स्थिर समयमा मात्र संभव छ । अस्थिरताले कुनै पनि क्षेत्रमा राम्रो गर्दैन । राजनितीक अस्थिरताले संगित मात्र होइन , सबैक्षेत्रलाई लथालिंग पारिदिन्छ । यस्तो वातावरणमा कसैले राम्रो गर्नै सक्दैन ।

अबको पुस्ताले कला र गितसंगित क्षेत्र रोजेर यसमा आफ्नो भविष्य बनाउँछु भन्यो भने त्यो संभव छ कि छैन ?

पहिलेको तुलनामा अहिले संगित र कला क्षेत्रको विकास त भएको छ । तर अझै पनि त्यस क्षेत्रमा लागेकाहरुको आर्थिक विकास जति हुनु पर्ने थियो , त्यति हुन सकेको छैन । अरु देशमा व्यवसायिक कलाकारिताको विकास भइसकेको छ । तर नेपालमा भने यसमै लागेर बाँच्न सक्ने अवस्था अझै बनेको छैन ।

देशमा विगत केहिवर्ष देखि प्राकृतिक विपतीहरु थपिएका छन् । गतवर्ष विनासकारी भूकम्प गयो । अब यसलाई पूर्नजिवन दिन कसले के गर्नु पर्ला ?

भत्किएको नेपाल पूर्ननिर्माणका लागि जनता अग्रसर हुनुपर्छ । विशेषगरि राजनितीक दलका नेताहरुको भूमिका पनि उल्लेखनिय रहनु आवश्यक छ । जसका हातमा देश संचालनको ताल्चा र साँचो छ ।

आफू गायक हुनुहुन्छ । आफैंलाई मन पर्ने गायक र गीत चाहिं कुन हो नि ?

आफ्ना छोराछोरी सबैलाई सबै मन पर्छ भने जस्तै मेरा गितसंगित पनि जति छन् ती सबैलाई म उत्तिकै माया गर्छु । मलाई मन पर्ने गायक दीप श्रेष्ठ हुन् ।

एउटा गायकले साँच्चै नै गायक बन्न के के गर्नु पर्ने रहेछ ?

धेरै कुराहरुमा विचार पु¥याउनु पर्छ । चरित्र, अनुशासन, व्यवहार साथै भगवानको आर्शिवाद र गुरुको शिक्षाले मात्र अगाडि वढ्न सकिन्छ । साथै लगनशिलता र मिहिनेत पनि चाहिन्छ ।

गितसंगित क्षेत्रका अतिरिक्त तपाईंको रुचि के हो ?

यसका अतिरिक्त चित्रकला मेरो अर्को मन पर्ने विषय हो । म चित्र पनि बनाउँछु ।

व्यस्तताका बाबजुद पनि समय दिनु भयो । समय र संवादका लागि धन्यवाद ।

मलाई माया गरेर नेपाल देखि सम्झनुभयो । मेरा कुराहरु पाठक, दर्शक र श्रोता माझ पु¥याउन सहयोग गर्नुहुने तपाईं र तपाईंको मिडिया मध्यमार्ग साप्ताहिकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

ज्ञानमणि नेपाल कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0