Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अझै पुनस्र्थापित भएनन् बैँकहरु

प्रभातफेरी अनलाइन १४४७ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ सशस्त्र द्धन्दको समयमा विस्थापित भएका बैँकका ग्रामिण उपशाखाहरु अझै पुनस्थार्पित हुन सकेका छैनन् । शान्ती प्रकृया टुङगिनै लाग्दा पनि ती बैँकहरुले अहिले जिल्ला सदरमुकाम र प्रमुख शहरबाट नै आफ्नो सेवा दिइरहेका छन् ।
द्धन्दको समयमा विस्थापित कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक आदी सरकारी बैँकका उपशाखाहरु पुर्नस्थापित हुन नसकेका हुन् । नेपाल बैँक लिमिटेडकोे पाँचखाल शाखा भने दुई बर्ष अघि नै पुनस्र्थापित भैसेकेको छ ।
द्धन्द शुरु हुनु अघि कृषि विकास बैँकको दाप्चामा उपशाखा र तालढुङगामा प्रशाखा थियो । राष्ट्रिय वाणिज्य बैँकको  पनि दाप्चामा उपशाखा थियो । २०५९ सालमा तत्कालिन विद्रोही माओवादीले बैँकका कागजपत्र जलाएर केही रकम लुटेपछि सुरक्षाको कारण भन्दै ती बैँकहरु जिल्ला सदरमुकाम धुलिखेल सरेका थिए । बैकिङ क्षेत्रमा ग्रामिण पहुँच बढाउन यी दुई सरकारी बैँकहरुले आफना शाखा विस्तार गरेका थिए ।
कृषि विकास बैँकको अहिले धुलिखेलमा रहेको उपशाखा नै पहिलाको दाप्चामा रहेको उपशाखा हो । १० बर्ष अघि विश्थापित बैँकले अझै जिल्ला सदरमुकामबाट सेवा दिइरहेको छ । वाणिज्य बैँकले पनि धुलिखेलबाट नै आफ्नो सेवा दिइरहेको छ ।
स्थानीयबाट बैँकको माग नहुनु, बैँकले पुनस्र्थापना गर्न चासो नदिनुले पनि पुनस्र्थपनामा ढिलाई भैरहेको छ । द्धन्दसँगै मानिसहरु पनि शहर पसेका कारण ग्रामिण क्षेत्रमा आर्थिक गतिविधी कम हुनुको कारणले पनि बैँक गाँउमा जान चाहिरहेका छैनन् । पछिल्लो समय गाँउ गाँउमा सहकारी र केही विकास बैँक मार्फत पनि वित्तिय कारोवार  हुनाले पनि जनताले वाणिज्य बैँकहरुको आवश्यकता महशुस गरेका छैनन् ।
सरकारी स्वामित्वको बैँक भएकाले नाफा भन्दा पनि सेवामा केन्द्रित भएर विस्तार हुनुपर्ने तर्क पनि केहीको छ । उनीहरु बैँक पुनस्र्थानाबारे छलफल भइरहेको बताउँछन् । “यसबारे छलफल भैरहेको छ, हामीले माथिल्लो निकायमा पटक पटक यसबारे आवाज उठाईरहेका छौँ । ” कृषि विकास बैँक बनेपा शाखा प्रवन्धक पिताम्वर भण्डारीले भने । उनले काभ्रेको भकुण्डेमा त्यस क्षेत्रलाई समेटेर उपशाखा राख्नेबारे छलफल भैरहेको पनि जानकारी दिए । सरकारी बैँक भएकाले नाफा भन्दा पनि सेवामा केन्द्रित भएर सेवा दिइरहेको भन्दै उनले उपशाखा पुर्नस्थापना नहुँदा आफुलाई पनि कामको भार बढेको बताए ।
राष्ट्रिय वाणिज्य बैँक धुलिखेल शाखा प्रवन्धक जनार्दन पौडेल ती क्षेत्रहरुमा “शाखा रहित वैकिङ”को अवधारणामा जान खोजिएको बताउँछन् । “यसबारे छलफल भइरहेको छ, ” उनले भने, “आफ्ना ग्राहकहलाई सेवा दिनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौँ । ”
वैँक पुनस्र्थापना नहुँदा ग्रामिण भेगका सेवाग्राही मर्कामा समेत परेका छन् । यातायातको लागि ठूलो खर्च गरेर र २ दिन समय खर्चेर जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता पनि छ । ती बैँकहरुले कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको भएपनि उपशाखा नहँुदा किसानहरु पुँजी अभावमा व्यवसाय छोड्न समेत बाध्य छन् । गाँउमा रहेका सहकारीले पनि भने जति पैसा दिन नसक्ने र व्याजदर पनि मंहगो हुने कारण ग्रामिण भेगका जनताहरु बैँकप्रति नै आकर्षित छन् । विश्वसनीय हुने भएकाले मानिसहरु बैँक मार्फत नै कारोवार गर्न रुचाउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0