logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

पत्रिका बोकेको गाडी माथि ढुन्गा प्रहार

प्रभातफेरी अनलाइन१४४० पटक पढिएको | २०६९ फागुन २९, मंगलबार
Post Thumbnail

 

बनेपा ÷ नेकपा — माओवादी लगायतका दलले गरेको बन्दमा बन्दकर्ताले पत्रिकाको गाडीमा ढु¨ा हानेका छन् । बुधवार बिहान जिल्लामा पत्रिका ल्याएर काठमाडौ जा“दै गरेको बा.८ च ३१७ नम्बरको राजधानी दैनिकको गाडीमा बनेपाको चादनीचोकमा बन्दकर्ताले ढु¨ा हानेको काभ्रेस्थित राजधानीकर्मी केशवराज पौडेलले जानकारी दिए ।  ढु¨ा हानेपछि प्रहरीले तोडफोड हुनबाट गाडी जोगाएको थियो । प्रधानन्यायाधिशको नेतृत्व सरकार निर्माण गर्न नहुने लगायतका माग राख्दै नेकपा–माओवादी सहित संघिय गणतान्त्रिक मोर्चा नेपाल बन्द गराएका  थियो । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बनेपाको तीनदोबाटोमा रहेको गौतम मिठाई भण्डार र चारदोबाटोमा बा.१८ प ९७९० नम्बरको मोटरसाइकल तोडफोड गरेका  थिए ।

नेकपा–माओवादीका कार्यकर्ताले बोकेका रड प्रहरीले खोसेको थियो । बन्द सफल बनाउन धुलिखेल बसपार्क चोकमा रड लिएर बसेका बन्दकर्ताबाट प्रहरीले ४ थान फलामको रड खोसेको थियो ।