प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / काठमाडौँ उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९, तीव्र गतिमा चलाउने ११५, सिसी क्यामराको निगरानीबाट ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन्।
त्यस्तै, हर्न निषेधको नियम उल्लङ्घन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गर्दै ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ।