logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

एजेन्सी /  फिलिपिन्सको बाताङ्गास प्रान्तमा प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा वायुसेनाका चार पाइलटको मृत्यु भएको छ। फिलिपिन्स वायुसेनाले शनिबार दुर्घटनाबारे पुष्टि गरेको हो।

वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित हवाई आधारनजिकै दुवै विमान दुर्घटनामा परेका थिए।

दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ। यी हल्का विमान पाइलटलाई प्रशिक्षण दिन प्रयोग गरिन्छन्।

यसअघि गत मे २० मा उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तमा पनि एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो।