logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

अरनिको विशेष जिल्ला समितिमा खिलबहादुर

प्रभातफेरी अनलाइन१५५९ पटक पढिएको | २०६९ चैत्र १८, आईतबार
Post Thumbnail

बनेपा ÷एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिले खिल बहादुर श्रेष्ठको अध्यक्षतामा ४८ सदस्यीय कार्य समिति गरेको छ । उपाध्यक्षहरुमा शुरेसचन्द श्रेष्ठ, नकुल चौलागाई, दिपक महत र सत्यनारायण लामिछाने छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिका अध्यक्ष एवं पूर्व सभासद् शालिकराम जम्मकट्टेल, केन्द्रयि महासचिव गणेश रेग्मी, एनेकपा माओवादी काभ्रेका नेता दिनानाथ गौतम, यातायात मजदुर केन्द्रीय उपमहासचिव दिपक के सी, अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे जिल्ला अध्यक्ष मोहन गजुरेल, अरनिको विशेष उपाध्यक्ष सुरेशचन्द्र श्रेष्ठ लगायतले ट्रेड युनियन अधिकारबारे चर्चा गरेका थिए ।
कार्यक्रममा  एमाले निकट स्वतन्त्र यातायात मजदुर अरनिको रुट इकाईका सल्लाहकार रामशरण खड्का संगठन एवं पार्टी परित्याग गर्दै अखिल नेपाल यातायात मजदुर संघमा प्रवेश गरेका थिए । संगठनले उनको उपचारको लागि १० हजार सहयोग प्रदान गरेका छ ।